• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

कानेपोखरीमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

विराटनगर । ग्रामिण क्षेत्रका बिपन्न बिरामीलाई निःशुल्क उपचार गर्ने उद्धेश्यले सोमबार नोबेल शिक्षण अस्पतालले मोरङको कानेपोखरीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । कानेपोखरी गाउँपालिका–६ रमाईलोमा आयोजना गरिएको शिविरबाट सो क्षेत्र आसपासका करिव ४ सय बिरामी लाभान्वित भएका छन् ।

३ सय ८५ बिरामीको निःशुल्क उपचार गरिएको शिविरबाट २७ जना बिरामी नोबेल अस्पताल रिफर गरिएको अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिए । उनका अनुसार शिविरमा उपचार सम्भव नभएका बिरामीलाई थप उपचारका लागि अस्पताल रिफर गरिएको हो । शिविरमा ४१ जनाको भिडियो एक्सरे, १० जनाको ईसीजी र २१ जनाको ल्यावटेष्ट गरिएको छ ।

पूर्वी नेपालका बिभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको नोबेल अस्पतालले आगामी शुक्रवार मोरङको रन्जनीमा शिविर सञ्चालन गर्ने जनाएको छ । स्वास्थ्य उपचारको सहज पहुँच भन्दा बाहिर रहेका बिपन्न बिरामीलाई गाउँमै पुगेर निःशुल्क उपचारको ब्यवस्था मिलाउँन गाउँ–गाउँमा शिविर सञ्चालन गरिदै आएको नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माको भनाई छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर