• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

मेसीको नयाँ जुत्ता !

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका स्टार खेलाडि लियोनल मेसीले ला लिगा अन्तर्गतको आगामी खेलका लागि नयाँ जुत्ता सार्वजनिक गरेका छन् । मेसीले एट्लेटिको मड्रिडसँगको खेलका लागि नयाँ जुत्ता सार्वजनिक गरेका हुन् ।

मेसीले सार्वजनिक गरेको एडिडास नेमेजिजको जुत्ता रातो र निलो रङ्ग मिसिएको छ । चोटका कारण केहि खेल गुमाएका मेसी पुनः लिगमा फर्किसकेका छन् । घाइते भएर खेलमा फर्किएपछि उनले रियल बेटिस विरुद्ध २ गोल गरेका थिए ।

जारी लिगमा उनले सर्वाधिक ९ गोल गरिसकेका छन् । बार्साकै लुइस सुवारेजले पनि समान ९ गोल गरेका छन् । तर उनले मेसीले भन्दा दुई खेल धेरै खेलेका छन् । 
 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर