दीपिका-रणवीरको विवाह आज, शाहरुख र भन्साली इटाली जाँदै

एजेन्सी । सर्वाधिक रुचाइएको जोडी बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण आज विवाह बन्धनमा बाधिँदैछन् । नितान्त पारिवारिक तथा केही साथीभाईको जमघटकाबीच यो जोडीले इटालीको लेक कोमोमा विवाह गर्दैछन् । 

सुत्रका अनुसार, विवाह समारोह लेक कोमोस्थित भिला डेल बालबियानेलोको ‘कास्टा डिभा रिसोर्ट एन्ड स्पा’मा हुँदैछ । आफ्नो विवाहमा रणवीर र दीपिकाले जम्मा ४० जना पाहुनालाई मात्रै निमन्त्रणा दिएका छन्, जसमा दुवैको परिवार, नजिकका आफन्त र केही बलिउडका ठूला हस्ति छन् । 

पाहुनाको सूचीमा अभिनेता शाहरुख खान, सञ्जय लीला भन्साली लगायतका हस्ति छन् । शाहरुख र सञ्जय विवाह समारोहमा सहभागी हुन आज इटाली पुग्दैछन् । शाहरुख र सञ्जयसँगै फराह खान पनि विवाहमा सरिक हुँदैछिन् । 

फिल्म ‘ओम शांति ओम’बाट दीपिकाले आफ्नो फिल्मी करिअर सुरु गरेकी थिइन्, जसमा शाहरु खान उनको जोडीको रुपमा थिए भने फिल्मलाई फराह खानले निर्देशन गरेकी थिइन् । त्यस्तै, सञ्जय लीला भन्सालीले दीपिका र रणवीरलाई उनीहरुको करिअरको ठूलो र सफल ‘राम–लीला’, ‘बाजीराव मस्तानी’, ‘पद्मावत’ जस्ता फिल्म दिएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर