• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

बस दुर्घटना हुँदा १६ जना घाइते

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोतीमा बिहिबार बिहान ३ बजे बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । 

दाङबाट काठमाडाैँका  लागि छुटेको ना ६ ख ६३०१ नंको बस अनियन्त्रित भई पल्टिँदा घाइतेमध्ये १२ जनाको कावासोतीस्थित कालीगण्डकी अस्पतालमा उपचार भइरहेको र गम्भीर घाइते भएका दाङ सतवरीया–८ की २६ वर्षीया पुजा तामाङ, लमही–९ की ३० वर्षीया कल्पना बुढामगर, देउखुरीकी ४७ वर्षीया रामदुल्ली चौधरी र देउखुरी–६ की ५० वर्षीया प्रदेसु चौधरीको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ । 

बसमा ४५ यात्रु सवार रहेको नवलपरासी जिल्ला प्रहरी कार्यालय पूर्वका प्रहरी नायव उपरीक्षक लीलाराज लामिछानेले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर