वैवाहिक सम्बन्धमा गाँसिए रणवीर र दिपीका 

एजेन्सी ।  बलिउडमा सर्वाधिक रुचाइएको कलाकार जोडी अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण वैवाहिक संवन्धमा गाँसिएका छन ।

उनीहरुले नितान्त पारिवारिक तथा केही साथीभाईको जमघटकाबीच इटालीको लेक कोमोमा विवाह गरेका हुन् ।  विवाह समारोह लेक कोमोस्थित भिला डेल बालबियानेलोको ‘कास्टा डिभा रिसोर्ट एन्ड स्पा’मा भएको हो । 

सन् २०१३ मा पहिलो पटक दुईजनाले सँगै काम गरेको चलचित्र ‘गलियोँ कि राशलीला रामलीला’ रिलिज भएको दिन पारेर उनीहरुले विवाह गरेका हुन् । 

आफ्नो विवाहमा रणवीर र दीपिकाले जम्मा ४० जना पाहुनालाई मात्रै निमन्त्रणा दिएका थिए । विवाह समारोहमा दुवैको परिवार, नजिकका आफन्त र केही बलिउडका ठूला हस्ति उपस्थित थिए । 

फिल्म ‘ओम शांति ओम’बाट दीपिकाले आफ्नो फिल्मी करिअर सुरु गरेकी थिइन्, जसमा शाहरु खान उनको जोडीको रुपमा थिए भने फिल्मलाई फराह खानले निर्देशन गरेकी थिइन् । त्यस्तै, सञ्जय लीला भन्सालीले दीपिका र रणवीरलाई उनीहरुको करिअरको ठूलो र सफल ‘राम–लीला’, ‘बाजीराव मस्तानी’, ‘पद्मावत’ जस्ता फिल्म दिएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर