• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

१३ वर्षीया बालिका बलात्कार गरी हत्या गर्ने दुइजना प्रहरीद्वारा सार्वजनिक

उदयपुर ।  बाख्रा चराउन गएकी १३ वर्षीया बालिकाको बलात्कार तथा हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी बिहिबार सार्वजनिक गरिएको छ । 

उदयपुर रौतामाई गाउँपालिका–३ लाफागाउँमा बाख्रा चराउन गएकी १३ वर्षीया एन्जीना खड्काको गत शनिबार हत्या भएको थियो । हत्यामा संलग्न भएको आरोपमा पक्राउ गरिएको स्थानीयवासी १४ वर्षीय बहादुर राई (नाम परिवर्तन) र १७ वर्षीय विपललाई जिल्ला प्रहरी कार्यालय उदयपुरले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । 

घर नजिकैको जङ्गलमा बाख्रा चराउन गएकी बालिका खड्कालाई एक्लै देखेर बलात्कार गरी उनको हत्या गरेको दुबै जना अभियुक्तले स्वीकार गरेको बयान प्रहरीलाई दिएको उदयपुरका प्रहरी उपरीक्षक चन्द्रदेव राईले बताए ।  

बाख्रा चराउन गएकी बालिका राति अबेरसम्म घरमा नआएपछि अभिभावकसहित छिमेकीले रातभरि खोज्ने क्रममा आइतबार २ बजे नजिकैको खरबारी पाखाको एक रुखको फेदमा शरीरमा लगाएको कपडा च्यातिएको, पेन्टी च्यातिएको घाँटीमा नीलडाम र मुखमा कपडा खादेको मृतावस्थामा बालिका भेटिएको प्रहरीले बताएको छ । 

घटनाको अनुसन्धान गर्न प्रहरीले घटनास्थलमा चिकित्सकको टोली, तालीम प्राप्त कुकुरसहितको प्रविधि प्रयोग गरेको थियो भने शव परीक्षणका लागि सुनसरीको बिपी मेमोरियल अस्पताल पठाएको प्रहरीले जनाएको छ । 

अनुसन्धानमा प्रहरीले छ जना पक्राउ गरे पनि हत्यामा संलग्न दुईजना मात्र भएको पुष्टि भएपछि आज अभियुक्तलाई सार्वजनिक गरेको र अन्यलाई छाडिएको पनि प्रहरी उपरीक्षक राईले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर