‘भिलेन’ को ‘च्यानाकुटी झ्याइ झ्याई’ रिलिज (भिडियोसहित)

काठमाडौं । नायक निखिल उप्रेतीले अभिनय गरेको नेपाली चलचित्र ‘भिलेन’ को पहिलो गीत ‘च्यानाकुटी झ्याइ झ्याई’ रिलिज भएको छ ।

 आगामी पुस २७ गतेलाई प्रदर्शन मिति तय गरिएको ‘च्यानाकुटी झ्याइ झ्याई’ बोलको गीतमा अभिनेत्री शिल्पा पोखरेल लगायतका कलाकारहरुको प्रस्तुती हेर्न पाइन्छ । अञ्जु पन्त र रामचन्द्र काफ्लेको आवाजमा रहेको गीतमा एकनारायण भण्डारीको शब्द तथा लालकुमार बरालको संगीत रहेको छ ।

दीपेन्द्र तिमल्सिना र दीपक श्रेष्ठको कोरियोग्राफी रहेको गीतमा निखिललाई सरप्राइज एक्सन सिनमा राखिएको छ । द ग्लोबल पिक्चर प्रालिको ब्यानरमा कपिल खत्री प्रस्तुतकर्ता रहेको ‘भिलेन’ लाई बलबहादुर श्रेष्ठ सितलले निर्माण गरेका हुन् ।

चलचित्रमा निशा अधिकारी र कपिल खत्रीको मुख्य भूमिका रहेको छ । यसमा दिपक श्रेष्ठ, सुरज खड्का र मधु केसी कार्यकारी निर्माताको रुपमा छन् ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर