• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

फेसबुकमा अब ‘म्यासेज अनसेन्ड’ फिचर

एजेन्सी । सामाजिक सञ्जाल फेसबुकले पछिल्लो केही समयदेखि आफ्नो म्यासेन्जरमा ‘अनसेन्ड’ फिचर थप्ने बताइरहेको थियो । अब यस फिचरलाई फेसबकले प्रयोगकर्तालाई दिन सुरु गरेको छ । 

यस फिचरको विशेषता भनेको प्रयोगकर्ताले आफ्नो च्याटबाट पठाइएको म्यसोजलाई डिलिट गर्न सक्छन् । यस्तै, म्यासेज प्राप्त गर्ने प्रयोगकर्ताको इन्बक्सबाट पनि डिलिट हुन्छ । पहिले यस्तो फिचर उपलब्ध थिएन । प्रयोगकर्ताले खाल च्याट बक्स नै डिलिट गर्न सक्थे । 

फेसबुकले ‘सेन्ड’ गरिएको म्यासेजलाई डिलिट गर्नका लागि १० मिनेटको समय सीमा तय गरेको छ । यसको अर्थ, यदी कुनै प्रयोगकर्ताले गल्तीले कसैलाई म्यासेज पठाएमा, त्यसलाई ‘अनसेन्ड’ गर्नका लागि ऊसँग १० मिनेटको समय हुनेछ । 

यस्तै, यस फिचरमा प्रयोगकर्ताले फोटो तथा भिडियोलाई पनि डिलिट गर्न सक्छन् । फेसबुकले सुनिश्चित नभएसम्म अनसेन्ड गरिएका म्यासेजको एक कपी केही समयका लागि आफूसँग राख्नेछ ।

फेसबुकले यो फिचर हाल बोलिभिया, पोल्यान्ड, कोलम्बिया र लिथुआनिया जस्ता देशमा मात्रै उपलब्ध गराएको छ र चाँडै अन्य देशमा पनि पुग्ने बताइएको छ । 

यो फिचर प्रयोग गर्नका लागि प्रयोगकर्ताले आफूले पठाएको म्यासेजमा ट्याप गरेर केही समयका लागि होल्ड गर्नु पर्ने हुन्छ । त्यसपछि ‘रिमूभ फर एभ्रिवन’ अप्सन आउँछ । यसलाई ट्याप गरेर प्रयोगकर्ताले म्यासेज डिलिट गर्न सक्छन् ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर