• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

टुंङ्गियो विश्व विजेता फ्रान्सको अपराजित यात्रा

 नेदरल्याण्ड्ससँग २–० ले पराजित 

एजेन्सी । विश्वविजेता फ्रान्सको अपराजित यात्रा टुंगिएको छ ।

शुक्रबार राती भएको युइएफए नेशन्स लिग अन्तर्गत समूह ए को खेलमा नेदरल्याण्ड्ससँग २–० ले पराजित भएपछि फ्रान्सको १५ खेल लामो अपराजित यात्रामा पूर्णविराम लागेको हो । योसँग जर्मनी रेलिगेसनमा परेको छ । जर्मनीले अब युइएफए नेशन्स लिग अन्तर्गतको बी क्याटगोरीमा खेल्नुपर्नेछ । 

खेलको ४४ औँ लिभरपुलका मिडफिल्डर जोर्जिनियो वाइनाल्डमले मिनेटमा गोल गर्दै डच टोलीलाई अग्रता दिलाए । इन्जुरी समयमा मेम्फिस डिपेले गोल गर्दै नेदरल्याण्ड्सलाई २–० को अग्रता दिलाउँदै फ्रान्सलाई पाखा लगायो । 

आउँदो सोमबार नेदरल्याण्ड्स र जर्मनीबीचको खेलमा जित हात पार्न सके डच टोली समूहको विजेता बन्नेछ । फ्रान्स ७ अंकसहित शिर्ष स्थानमा छ भने नेदरल्याण्ड्सको ६ अंक छ ।  


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर