नेपाल जेसिजको राष्ट्रिय महाधिवेशन जनकपुरधाममा हुने

नेहा झा/जनकपुरधाम । नेपाल जेसिजको राष्ट्रिय महाधिवेशन जनकपुरधाममा हुने भएको छ । जनकपुरधाम जेसिजले आज गरेको पत्रकार सम्मेलनमा नेपाल जेसिजको ४५ औँ राष्ट्रिय महाधिवेशन पौष ७ गतेदेखि पौष १० गतेसम्म जनकपुरधाममा हुने जानकारी गराएको हो । 

यसअघि तीनपटक राष्ट्रिय महाधिवेशनको आयोजना गरिसकेको जनकपुरधाम जेसिजले चौथोपटक राष्ट्रिय महाधिवेशनको आयोजना गर्न लागेको हो । यस अघि जनकपुरधाममा सन् १९७७, सन् १९९६ र सन २००३मा राष्ट्रिय महाधिवेशनको आयोजना भई सकेको छ ।

युवाहरुको व्यक्तित्व तथा नेतृत्व विकासका लागि अग्रणी भूमिका निर्वाह गर्दै आएको जेसिजले जनकपुरधामको पर्यटनको बढावा दिने उद्देश्यले यहाँ राष्ट्रिय महाधिवेशनको आयोजना गर्न लागिएको जनकपुरधाम जेसिजका अध्यक्ष जितेन्द्र महासेठले बताए । 

तीन दिनसम्म चल्ने सो राष्ट्रिय महाधिवेशनबाट नयाँ कार्यसमिति चयन, उम्मेदवारहरुको प्रशिक्षण, उम्मेदवारहरुको अन्तरवार्ता ककस, वक्तृत्वकला प्रतियोगिता, सिनेटर मिटिंग, जुनियर जेसिजको कार्यक्रम लगायतका कार्यक्रमहरुको आयोजना गरिनेछ । महाधिवेशनमा २ हजार ५ सय भन्दा बढीको सहभागिता रह्ने आयोजकले जनाएको छ ।

महाधिवेशनको प्रमुख अतिथि पूर्व प्रधानमन्त्री वा प्रधानमन्त्री रह्ने परम्परा रहँदै आएपनि अहिलेसम्म तय हुन सकेको छैन । बुटवलमा बस्ने जेसिजको चौथो बोर्ड बैठकबाट कार्यक्रमको प्रमुख अतिथि को रह्ने विषयमा निर्ण गरिने नेपाल जेसिजका उपाध्यक्ष विकास मानन्धरले जानकारी दिएका छन् । 
 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर