जेसिजको महाधिवेशन जनकपुरधाममा हुने

जनकपुरधाम । नेपाल जेसिजको राष्ट्रिय महाधिवेशन जनकपुरधाममा हुने भएको छ । जनकपुरधाम जेसिजले शनिबार गरेको पत्रकार सम्मेलनमा नेपाल जेसिजको ४५औँ राष्ट्रिय महाधिवेशन पुस ७ गतेदेखि १० गतेसम्म जनकपुरधाममा हुने जानकारी गराएको छ । 

तीनपटक राष्ट्रिय महाधिवेशनको आयोजना गरिसकेको जनकपुरधाम जेसिजले चौथोपटक महाधिवेशनको आयोजना गर्न लागेको हो । यसअघि जनकपुरधाममा सन् १९७७, सन् १९९६ र सन २००३ मा महाधिवेशनको आयोजना भइसकेको छ । युवाको व्यक्तित्व तथा नेतृत्व विकासका लागि अग्रणि भूमिका निर्वाह गर्दै आएको जेसिजले जनकपुरधामको पर्यटनको बढावा दिने उद्देश्यले यहाँ राष्ट्रिय महाधिवेशनको आयोजना गर्न लागिएको जनकपुरधाम जेसिजका अध्यक्ष जितेन्द्र महासेठले बताए । 

तीन दिनसम्म चल्ने सो महाधिवेशनबाट नयाँ कार्यसमिति चयन, उम्मेदवारको प्रशिक्षण, उम्मेदवारको अन्तर्वार्ता ककस, वक्तृत्वकला प्रतियोगिता, सिनेटर मिटिङ, जुनियर जेसिजको कार्यक्रम लगायतका कार्यक्रमको आयोजना गरिनेछ । महाधिवेशनमा २ हजार ५ सयभन्दा बढीको सहभागिता रहने आयोजकले जनाएको छ । महाधिवेशनको प्रमुख अतिथि पूर्वप्रधानमन्त्री वा प्रधानमन्त्री रहने परम्परा रहँदै आए पनि अहिलेसम्म तय हुन सकेको छैन । बुटवलमा बस्ने जेसिजको चौथो बोर्ड बैठकबाट कार्यक्रमको प्रमुख अतिथिको रहने विषयमा निर्णय गरिने जेसिजका उपाध्यक्ष विकास मानन्धरले जानकारी दिएका छन् । 
 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर