• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

माल्दिभ्स भ्रमणमा मोदी 

नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी माल्दिभ्स भ्रमणका लागि शनिबार त्यसतर्फ प्रस्थान गरेका छन् । 

माल्दिभ्समा नव निर्वाचित राष्ट्रपतिको पदभार ग्रहण समारोहमा सहभागी हुन मोदी शनिबार दिउसो माल्दिभ्स गएका हुन् । माल्दिभ्समा हालै भएको निर्वाचनबाट इब्राहिम मोहमद सोलिह राष्ट्रपतिमा निर्वाचित भएका छन् । 

पदभार ग्रहण समारोह राजधानी मालेमा आयोजना गरिएको छ । प्रधानमन्त्री भएपछि मोदीको यो पहिलो माल्दिभ्स भ्रमण हो । 

भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले माल्दिभ्सका नवनिर्वाचित राष्ट्रपति सोलिहसहित विभिन्न उच्च अधिकारीलाई भेट्ने कार्यक्रम रहेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर