• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

नेकपा ‘हाइ कमाण्ड’ बैठक ६ गते

प्रदेश तथा जिल्ला कमिटि पदाधिकारी र केन्द्रीय सदस्यको कार्यविभाजन हुने

काठमाडौं । लामो समयदेखि अन्योलमा परेको नेकपा पार्टी एकता प्रकृयाले फेरी गति लिने भएको छ । मंसिर ६ गते नेकपा सचिवालयको बैठक बसेर स्थाइ समिति बैठकका लागि एजेण्डा तयार गर्ने नेकपाको तयारी छ । 

सचिवालय बैठकले प्रदेश तथा जिल्ला कमिटिका पदाधिकारी बारे गृहकार्य गरि स्थाई समितिमा लैजाने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जानकारी दिएको छ । बैठकले केन्द्रीय सदस्यको कार्यविभाजन गर्ने लगायतका काम पनि अघि बढाउने तयारी गरेको छ । 

यस अघि सचिवालयको बैठकले प्रदेशको ईन्चार्ज, सहईन्चार्ज, र अध्यक्षको टुंगो लगाएको थियो । सचिवालयले तयार पारेको प्रस्तावलाई स्थाई समितिले अन्तिम रुप दिने र केन्द्रिय कमिटिले अनुमोदन गरेपछि एकताको प्रकृया लगभग टुंगोमा पुग्ने अध्यक्ष प्रचण्डले समेत शुक्रबार बताएका थिए ।

एकताका यी कामसँगै नेकपाले सातै प्रदेशमा ठुला जनसभा र कार्यकता प्रशिक्षण समेत गर्न लागेको छ ।
 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर