• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

दुवाईमा मेसी–पोग्वा भेटः के पोग्वा बार्सिलोना जाँदैछन् ?

एजेन्सी । पाउल पोग्वा घाईते भएकाले अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलका लागि फ्रान्सेली टिममा सहभागि भएनन् । लियोनल मेसीले राष्ट्रिय टोलीबाट केही समयका लागि छुट्टी लिएकाले उनले पनि अर्जेन्टीनाको राष्ट्रिय टोलीबाट खेल्नु परेन । 

क्ल्ब फुटबल नभएको र राष्ट्रिय टोलीमा पनि नपरेको मौका पारी विश्वका यी दुई चर्चित खेलाडीको भेट दुवाईमा भयो । उनीहरुले संगै डिनर गरे, केही गंभिर विषयमा छलफल र आपसमा रमाईलो गर्दै बिताएको कुरा गोल डटकमले उल्लेख गरेको छ ।

मेसी र पोग्वाबीचको भेटपछि म्यान्चेष्टर युनाईटेडका फ्यानहरुले उनको क्याम्प नोउ जाने संभावनाबारे अड्कल काटन थालेका छन् । ईटालीको एउटा संचार माध्यमले भनेको छ, ‘पोग्वा ५ वर्षका लागि क्याटालान क्ल्ब जाने राजी भएका छन् । त्यसबापत उनलाई बार्सिलोनाले १०० युरो खर्चने छ ।’

युनाईटेडका मेनेजर जोजे माउरिन्हो र पोग्वाको सम्बन्धमा पछिल्लो चरणमा चिसो पसेको छ । सोही कारण माउरिन्होले पोग्वालाई दिइएको सहकप्तानको आर्म व्याण्ड खोसिदिएका थिए ।

त्यसपछि पोग्वाका एजेण्ट मिनो रायोला ले गोप्य रुपमा वल्र्ड ट्राफोर्ड छोड्नका लागि भेटघाट गरेको दावी गरिएको छ । जुन कुरालाई बल पुग्नेगरि बार्सिलोनाका डिफेण्डर जेरार्ड पिकेले भनेका थिए्, ‘२५ वर्षीय पोग्वा स्पेनिस च्याम्पीयनमा आउछन् भने उनलाई भित्राउन पाउँदा हामी खुसी हुने छौं ।’

‘मलाई थाहा छ, पोग्वा धेरै राम्रा खेलाडी हुन्, उनी र मेनेजर माउरिन्होबीचको सम्बन्धका कारण पोग्वा निस्कन चाहिरहेका छन् । भविष्यमा के हुन्छ हेरौं ।’
 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर