• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

आँधीबाट भारतमा ३३ को मृत्यु

नयाँदिल्ली । भारतको पूर्वी क्षेत्रमा आएको आँधीका कारण ३३ जनाको मृत्यु भएको छ । 

प्रकोप व्यवस्थापन सम्वन्धी निकायका उच्च अधिकारीहरुले शक्तिशाली आँधीका कारण अरु पनि धेरै क्षति भएको आइतबार जानकारी दिएका छन् । 

‘साइक्लोन गाजा’ नाम दिइएको सो आँधी प्रतिघण्टा १२० किलोमिटरको गतिमा आएको समाचारमा जनाइएको छ । आँधी तमिलनाडु राज्यमा शुक्रबार आएको हो । 

आँधीले हजारौँ रुखहरु भाँचिएका छन् भने ठूलो संख्यामा घरहरु भत्किएका छन् । घरबारविहिन भएका हजारौ स्थानीय बासिन्दालाई शिविरहरुमा राखिएको छ । 

मृत्यु भएका मध्ये २० जना पुरुष र ११ जना महिला छन् । त्यसैगरी दुई जना बालबालिकाको पनि आँधीमा परेर मृत्यु भएको अधिकारीहरुले बताएका छन् । 

‘घरबारविहीन भएकाहरुको संख्या एक लाख ७७ हजार ५०० पुगेको छ । उनीहरुलाई ३५१ वटा शिविरमा राखिएको छ,’ एक अधिकारीले पत्रकारहरुसँग भने । 

प्रदेशका मुख्यमन्त्री इडाप्पाडी पालानीस्वामीले पीडित प्रत्येक परिवारलाई १४ हजार डलरका दरले क्षतिपूर्ति दिने घोषणा गरेका छन् । 

अधिकांशको मृत्यु बाढीले बगाएर, घरहरुले च्यापेर र विद्युतीय गढबढीका कारण भएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर