लोक भाका विशेष नेपाल आइडल युट्युब ट्रेन्डिङमा

काठमाडौं । नेपाल आइडल एउटा यस्तो रियालेटी सो हो जसले गायनमा भएको प्रतिभालाई उर्जागर गर्ने काम गरेको छ । यो साता आएको नेपाल आइडल लोक विशेष एपिसोड युट्युबको ट्रेन्डिङमा परेको छ । एपीवान एचडी टेलिभिजनबाट बिहीबार र शुक्रबार प्रशारित एपिसोडमा बिहिबारको एपिसोट युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा परेको हो । 

 बिहीबारको प्रस्तुतिमा लोक गायक तथा अभिनेता जयानन्दा लामा अतिथिका रुपमा आएका थिए । आठजना प्रतियोगीकोहरुले आफनो पन झल्काउने नेपाली भाका गाएर सबैलाई नचाउन सफल भएका थिए आइडलको यो एपिसोटमा गाएका गीतहरुले दर्शकको मनलाई धेरै तानेको थियो । हिमाल, पहाड ,तराई कोही छैन पराई ।  हामी सबै नेपाली भने जस्तै स्टेजमा एक किसिमको धमाका मचिएको थियो तर ८ प्रतियोगीबाट सुरु भएको कार्यक्रम ७ प्रतियोगीमा आएर यो हप्ताको लागि सकियो । आइडलम धेरै रुचाएका प्रतियोगी क्रिसल कँडेल आउट भए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर