स्थानीय पूर्वाधार विकास बजेट विनियोजन

दाङ । दाङ निर्वाचन क्षेत्र नं २ का योजनाहरू छनोट गरी बजेट विनियोजन सम्पन्न भएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत कूल चार करोड बजेट रहेको उक्त निर्वाचन क्षेत्रमा साझेदारी कार्यक्रममार्फत बजेटमा शिक्षा क्षेत्रको पूर्वाधार विकासका लागि सबैभन्दा बढी  एक करोड २० लाख  रुपैयाँ विनियोजन गरिएको छ । 

त्यसैगरी स्वास्थ्यतर्फ ७५ लाख, सडक र पुलपुलेसातर्फ ९० लाख, सिँचाइ तथा खानेपानीतर्फ ९० लाख र बधशाला तथा शहीदपार्क निर्माणतर्फ  २५ लाख रुपैयाँ  बजेट विनियोजन गरिएको सभामुख कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्माले जानकारी दिए । स्थानीयस्तरबाट थुप्रै योजना माग भए पनि सीमित बजेटका कारण सबैलाई सम्बोधन गर्न नसकिएको पनि शर्माले बताए । अहिलेको कार्यक्रममा नसमेटिएका योजनालाई प्राथमिकतामा राखेर अन्य स्रोतको खोजी गर्ने उनले बताए। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर