• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

फलाेअपः सानोठिमी क्याम्पस प्रमुख घिमिरेविरुद्ध प्राध्यापकले हाले मुद्दा  

विद्यार्थी सँगठन पनि आन्दोलित

काठमाडौं । सरकारी जग्गा जथाभावि भाडामा दिएरका सानोठिमी क्याम्पसका प्रमुख रामचन्द्र घिमिरे विरुद्ध प्राध्यापकहरुले केन्द्रीय क्याम्पस त्रिभुवन विश्वविद्यालयमा मुद्दा दायर गरेका छन् । शैक्षिक प्रयोजनका लागि क्याम्पसले प्रयोग गर्नुपर्ने १३ रोपनी जग्गा कौडीको भाउमा भासिक जम्मा ६ सय लिनेगरि क्याम्पस प्रमुखले निजी फर्मलाई दिएपछि प्राध्यापक र विद्यार्थीहरु आन्दोलित भएका हुन् ।

प्राध्यापकहरुले आईतबार त्रिभुवन विश्वविद्यालयको उपकुलपति समक्ष सानोठिमी क्याम्पसमा भएको अनियमितताबारे केन्द्रीय क्याम्पसलाई जानकारी गराउदै क्याम्पस प्रमुख घिमिरेको सन्देहास्पद गतिविधिबारे जानकारी गराएका छन् ।

त्रिविका उपकुलपतिको अनुपश्थितिका कारण प्राध्यापकहरुले रेक्टरको कार्यालयमा क्याम्पस प्रमुख विरुद्ध लिखित रिपोर्ट बुझाएको प्राध्यापक अम्बरजंग लिम्बुले समाचार दैनिक डटकमलाई जानकारी दिए ।

प्राध्यापकको निजी फर्मलाई १० वर्ष सम्म पार्टी प्यालेस संचालनका लागि कौडीको भाउमा दिनभनि गरिएको सम्झौता रद्द गर्न र दोषीलाई कारबाही गर्न माग गरेका छन् । माग गर्नेहरुमा नेपाल प्रगतिशिल प्राध्यापक संघका अध्यक्ष सोमनाथ ढकाल, नेपाल राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष अम्बरजंग लिम्बु, प्रजातन्त्रवादी प्राध्यापक संघका अध्यक्ष ओमबहादुर रायमाझी, नेपाल राष्ट्रिय प्राध्यापक संगठनका प्रतिनिधि विष्णुहरी शर्मा, र त्रिवि प्राध्यापक संघका सभापति मुकुन्द प्रसाद रिजाल रहेका छन् ।

सत्तारुढ दल निकट भनिएका क्याम्पस प्रमुख घिमिरे विरुद्ध तत्कालिन माओवादी र एमाले निकटका विद्यार्थी संगठनहरुले समेत आन्दोलन थालेका छन् । शनिबार अखिल क्रान्तिकारी र अनेरास्ववियुका क्याम्पस सभापति प्रकाश केसी र गोरख केसीले संयुक्त रुपमा हस्ताक्षर गरेर विज्ञप्ती निकालेका हुन् ।

उनिहरुले १३ रोपनी जग्गा भाडामा दिने निर्णय फिर्ता लिन, क्याम्पसको हित विपरित निर्णय गर्ने कार्यसमिति विघटन गर्न र २०७५ साल बैशाख ४ गतेपछिका सवै निर्णय रद्द गर्न माग गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर