• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

पोखरा विमानस्थल दैनिक १५ घण्टा बन्द गरिने, जान्नुहोस् कारण

पोखरा । पोखरा विमानस्थलको धावन मार्ग मर्मतका लागि आइतबारदेखी दैनिक १५ घण्टा विमानस्थल बन्द गर्ने भएको छ । धावन मार्गमा ठाउँमा चर्किने र गिटिहरु उकिन सुरु भएपछि मर्मत गर्न लागेको हो ।

दिऊसो ३ बजे देखी बिहान ६ बजे सम्म विमानस्थल मर्मतका लागि बन्द गरिएको पोखरा विमानस्थलका निर्देशक झोला प्रसाद गुरागाईले जानकारी दिए । उनले राती दिऊसो ३ बजे देखी राती १० बजे सम्म धावन मार्ग, पार्किङ क्षेत्र लागतमा काम हुने र राती १० बजे पछि सुकाउने काम हुने बताए ।

उनले कालोपत्र गरिएको सबै ठाँउमा सल्ली सिल्क र सिमेन्ट मिसाएको झोल लेपन गर्ने बताए । त्यसो गर्दा उकिएका गिटि जम्ने र चर्किएको ठाउँमा पनि बन्द हुने उनको भनाई छ । यो प्रविधि प्रयोग गर्दा धावन मार्ग र अन्यक्षत्रको पिचका आयु ३ वर्ष बढ्ने उनको भनाई छ ।

विमानस्थलको स्तरोन्नति गरी भरपर्दो र विश्वसनीय सेवा उपलब्ध गराउने उद्देश्यले विमानस्थल मर्मतको काम मन्त्रालयले अगाडी बढाएको उनले उल्लेख गरे । प्राधिकरणको योजनाअनुसार १५ दिनमा सबै काम सकिने र धावन मार्ग भन्दा बाहिरको बाटो पिच गर्ने काम भने १ महिना सम्म चल्लने छ । धावन मार्गको मर्मत र थप पिच गर्नका लागि १ करोड ९० लाख खर्च लाग्ने उनले सुनाए ।

पोखरा विमानस्थलबाट अहिले दैनिक २ सय ६० उठान हुदै आएका छन् । पोखराबाट दैनिक काठमाडौं, मुस्ताङ, भरतपुर, बुटवल उठान हुदै आएका छन् । पोखराबाट बुद्धएयर, यतिएयर, सिर्मिक एयर, तारा एयर, नेपाल एयरलाइन लगाएतका कम्पनीले उठान भर्दै आएका छन् । त्यसै गरि पोखराबाट माउन्टेन फ्लाइटका लागि हेलिकप्टर, अल्ट्रालाइट र जहाजले पनि सेवा दिदै आएका छन् ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर