• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

साम्राज्ञी आर एल शाह

नेपाली सिने क्षेत्रकी उदयमान अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहको जन्म वि.स. २०५२, मंसिर २ अर्थात् सन् १९९५, १८ नोभेम्बरमा काठमार्डौमा भएको थियो । उनका बुबा महेश बिक्रम शाह पूर्वमोडल तथा होटल व्यावसायी र उनकी आमा नेहा राज्य लक्ष्मी शाह पूर्वगायिका हुन् । साम्राज्ञीको पूर्वज नेपालको शाही परिवारसँग सम्बन्धित भएको बताइन्छ । 

 

साम्राज्ञी सानो छँदै उनका बुबा–आमासँगै उनी पनि वीरगञ्ज गइन् । उनले वीरगञ्जको सेन्ट जेभिइर स्कूलबाट प्रारम्भिक स्कूलिङ र बाल्यकाल बिताएकी थिइन् । विरगञ्जमा तीन कक्षासम्म पढेपछि बाँकी अध्ययनका लागि भारतको दिल्ली उनलाई पठाइयो । 

 

साम्राज्ञीले भारतको ‘रोयल एकाडेमी’बाट उच्च शिक्षासम्मको अध्ययन गरिन् । त्यसपछि उनले काठमाडौ आएर ‘नेपाल इस्टिट्युट अफ म्यानेजमेन्ट एण्ड साइन्स’ कलेजबाट समाज सेवा शास्त्रमा स्नातक पढाई सुरु गरिन् । 

 

सन् २०१४मा साम्राज्ञीे ‘द फेस अफ क्लासिक डायमण्ड’को फेसन ज्वेलरी प्रतियोगितको सेकेन्ड रनरअर्प भइन् ।  उनले त्यस समय २५ हजार रुपैया सम्मान स्वरुप पाएकी थिइन् । त्यसपछि उनले फिल्म तथा फेशन शोहरुमा अफर पाउन थालिन् । 

 

उनलाई स्कूलमा पढ्दादेखि नै मोडलिङमा रुचि रहेको साम्राज्ञीले बताएकी छिन् । साम्राज्ञीले भारतमा पढेको स्कुलमा उत्कृष्ट तीन मोडलमध्ये एक थिइन् उनी । उनी कक्षा सातमा हुँदै ‘भिक्टोरिया सिक्रेट फेसन शो’ हेर्न थालेकी थिइन् । 

 

साम्राज्ञीले सन् २०१४मा फुवा तामाङको ‘दामी’ गीतबाट म्युजिक भिडियोमा डेब्यु गरेकी थिइन् । त्यसपछि सन् २०१६मा ‘एल्भी जोशी’को ‘एक मौका’ गीतको म्युजिक भिडियोमा अभिनय गरिन् । 

 

सन् २०१६ मैसाम्राज्ञीले फिल्म ‘ड्रिम’बाट नेपाली फिल्ममा डेब्यु गरेकी हुन् । नेपालका चकलेटी अभिनेता अनमोल केसीको जोडीको रुपमा साम्राज्ञीलाई निक्कै रुचाइयो । यो फिल्म व्यावसायिक रुपमा सफल बन्यो । उनले यस फिल्मबाट बर्षको नवअभिनेत्रीको ‘फान’ पनि अवार्ड जितिन् । 

 

त्यसपछि सन् २०१७ मा फिल्म ‘ए मेरो हजुर २’मा काम गरिन् । यस फिल्ममा उनले डेब्यु अभिनेता सलिमान बानियासँग रोमान्स गरेकी छिन् । यसै फिल्मबाट उनी नेपालकी सर्वाधिक महंगी अभिनेत्री बनिन् । त्यस्तै, फिल्म ‘मंगलम’मा पनि विशेष भूमिकामा देखिइन् । 

 

सन् २०१८को कुरा गर्ने हो भने साम्राज्ञीका तीन फिल्म छन् । फिल्म ‘तिमी सँग’ प्रदर्शन भइसकेको छ, जसले औसत व्यापार गर्यो । यस फिल्ममा साम्राज्ञीका साथै आकाश श्रेष्ठ र नाजिर हुसैन छन् । 

 

यतिबेला साम्राज्ञी आफ्ना आगामी फिल्म ‘कायरा’ र ‘इन्टु मिन्टु लण्डन’को काममा व्यस्त छिन् । फिल्म ‘कायरा’मा कुनै समयका सर्वाधिक चर्चित अभिनेता आर्यन सिग्देलसँग रोमान्स गरेकी छिन् । त्यस्तै, ‘इन्टु मिन्टु लण्डनमा’मा चर्चित युवा ब्लगर धिरज मगरसँग रोमान्स गर्दैछिन् । 

 

साम्रागीले फिल्म ‘ड्रिम्स’बाट सन् २०१६को ‘डिसिने सर्वोत्कृष्ट अभिनेत्री अवार्ड’ तथा ‘एनएफडिसी सर्वोत्कृष्ट अभिनेत्री अवार्ड’ जितिसकेकी छिन् । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर