• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

संविधान प्रदत्त अधिकार कार्यान्वयन गर्न अखिल क्रान्तिकारीलाई बलियो नेतृत्व चाहिएको छ: विजय गौतम

सत्तारुढ दल नेकपा माओवादी केन्द्रको भातृ संगठन अनेरास्ववियू क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन अहिले काठमाडौंमा चलिरहेको छ । हिजो बिहीकार प्रज्ञा भवनको अध्यक्ष प्रचण्डले उद्घाटन गरेको सम्मेलन नयाँ नेतृत्व चयन गर्दै भोली शनिबार सक्ने बताईएको छ । क्रान्तिकारीको नयाँ मूल नेतृत्व अध्यक्षका लागि प्रतिस्पर्धामा उपाध्यक्ष र महासचिवसहित ६ नेता मैदानमा उत्रिएका छन् । तीनै मध्यका एक हुने उपाध्यक्ष विजय गौतम । अखिल क्रान्तिकारीलाई समाजको बौद्धिक, सृजनशिल र ऊर्जाशिल आन्दोलनको रुपमा अघि बढाउनुपर्छ भन्ने धारणा उपाध्यक्ष गौतमको छ । राजनीति दल निकटका संगठनहरु फगत ती दलको स्वार्थ पूर्ति गर्ने साधन मात्र हैन, समाज रुपमान्तरण र शैक्षिक क्षेत्र सुधारको संभावक हुनपर्छ भन्छन् नेता गौतम । अखिल क्रान्तिकारीलाई राजनीतिक परिवर्तनको सारथी, समाज सुधारको संभावक तथा शैक्षिक आन्दोलनको अग्रणी बनाउन पनि आफ्नो नेतृत्व अपरिहार्य रहेको उनले समाचार दैनिकसँग बताए । प्रस्तुत छ सम्मेलनको सेरोफेरोमा उपाध्यक्ष गौतमसँग गरिएको कुराकानी: १. अखिल (क्रान्तिकारी) को आसन्न निर्वाचनमा तपाईं अध्यक्षको प्रतिस्पर्धामा उत्रिनु भएको छ, नेपालको विद्यार्थी आन्दोलनलाई अघि बढाउन तपाईंसँग के–कस्ता एजेण्डा छन् ? पहिलो कुरा, नेपालको विद्यार्थी आन्दोलनले राजनीतिक लगायतका क्षेत्रमा ठुला ठुला परिवर्तन ल्याउने सन्दर्भमा अतुलनीय भूमिका खेल्यो । अब विद्यार्थी आन्दोलनमै परिवर्तन ल्याएर आन्दोलनलाई नयाँ शिराबाट अगाडी बढाउनुपर्छ। दोश्रो कुरा, परिवर्तन संस्थागत भएसंगै विद्यार्थी आन्दोलनलाई शैक्षिक मुद्धा लगायतका नवीनतम मुद्धामा केन्द्रित हुने स्वर्णिम क्षण प्राप्त भएको छ। तेस्रो कुरा, आन्दोलनको स्वरूपलाई रचनात्मक एवं प्रभावकारी बनाई विद्यार्थी आन्दोलन विद्रोहको बन्दूक मात्र नभई सृजनाको संवाहक समेत हुन भन्ने मान्यता स्थापित गर्नु छ। चौथो कुरा, विद्यार्थी आन्दोलनमाथि उठेका आरोप र आक्षेपलाई व्यावहारत जवाफ दिनु छ। पाँचौं कुरा, विद्यार्थी आन्दोलनको हिजोको आदर्श चरित्रलाई आज नयाँ ऊँचाईमा विकास गरि जीवन्त बनाउनु छ। छैठौं कुरा, संयुक्त विद्यार्थी आन्दोलनलाई न्यूनतम समझदारीसहित अगाडी बढाउनु छ। २. विगतका नेतृत्वले विद्यार्थी आन्दोलनलाई कसरी अघि बढाउनु पर्ने थियो र उनीहरुले कस्ता कमजोरी गरेर आसन्न निर्वाचनमा तपाईंलाई के आधारमा विद्यार्थीहरुले अध्यक्षका रुपमा छनोट गर्ने ? मूलत: नेपालको विद्यार्थी आन्दोलन परिवर्तनको आन्दोलनको महत्वपूर्ण अंशियार बन्दै आएको विषय कतै छिपेको छैन। आक्षेप, कमजोरी जे भनेपनि यसले राजनीतिक मुद्धामा जसरी शिक्षाका मुद्धालाई उठान एवं सम्बोधन गराउन सकेन भन्ने उठने गरेको छ। यसलाई व्यवहारत जवाफ दिने कुरा मैले उठाएको छु। विद्यार्थी आन्दोलनको गर्विलो विरासतमा आँच आउन नदिई यस प्रकारका आन्दोलनका स्वरूपहरुमा पनि कतै रचनात्मक बिकाश सहितको बदलाव ल्याउन जरुरी छ। आन्दोलनलाई नयाँ शिराबाट अगाडी बढाउने सवालमा उत्तिकै नैतिक चरित्र भएको नेतृत्व हुनु आवश्यक ठहरिने कुरा यहाँ उल्लेखनीय छ। फ़्रेस तरिकाले आन्दोलन, संगठन अगाडी बढाउन मुद्धाहरु र स्वरूपमा नवीनतम विकाश गर्न, वास्तविक विद्यार्थीहरुको नेता संगठन निर्माण गर्न तपाईं आउनुपर्छ भनेर देशैभरीका साथीहरुले भनिरहनु भएको छ। ३. शैक्षिक मुद्दालाई अघि बढाउन तपाईंका प्राथमिकता के–के हुने छन् ? पहिलो कुरा, यसको उपयोग गर्दै संविधान प्रद्दत शिक्षा, स्वास्थ्य र रोज़गारी सम्बन्धी मौलिक क्रियान्वयनको निम्ति अगुवाई गर्नु छ। दोस्रो कुरा, यसो गर्दा शिक्षामा देखा परेको पढ़न पाउने अधिकारसँग सम्बन्धित पहुँचको प्रश्न, गुणस्तरीय शिक्षाको सवाल, प्रविधिमैत्री शिक्षा लागू गराउन, विश्वविद्यालय शिक्षालाई साँचो अर्थको अनुसन्धानमुखी बनाउने लगायतका गहनतम मुद्धालाई ठिक ढंगले उजजठान गराउन जरुरी छ । तेस्रो कुरा, आज सार्वजनिक शिक्षालय गिर्दो अबस्थालाईं माथि उठाउने अभियान र मिहेनत हुनेछ। चौथो कुरा आज देश भित्रका विश्वविद्यालयकै विद्यार्थी समेत क्रेडिट व्यांकिङ र ट्रान्सफ़रको अवसर नपाउने जस्ता अनेक समस्या छन् । पाँचौं र मुख्य कुरा शिक्षामा बढ़दो निजीकरण, व्यापारीकरण र माफियाकरण विरुद्ध जेहाद छेड़नु छ। यस्ता यावत शिक्षाका सवालहरूलाइ बुलन्द गर्दे शिक्षा क्षेत्रमा आमूल रूपान्तरणको मार्ग पक्रेर समाजवादी शिक्षा यात्रा तय गर्नु नै हाम्रो मूल लक्ष्य हो। ४.अध्यक्षका अघिकांश प्रत्याशी भन्दा तपाई के कुरामा अब्बल हो ? आफ्नो अनमोल समय र जवानी आन्दोलनमा विताएर यो चरणमा आइपुग्नु साथीहरु नै प्रत्याशी हुनुहुन्छ। यसमा अन्यथा छैन, सम्मान नै छ। मूलत आन्दोलनलाई, संगठनलाई फ़्रेस तवरले अगाडी बनाउने सवालमा अव्वल नै छु भन्ने लागेको छ। सिद्धान्तनिष्ट ढंगले काम गर्ने शैली अवलम्बन गर्ने प्रयत्न गरेको छु । बागमती प्रदेशको संस्थापक संयोजक भएर २ वर्ष तथा त्रिभूवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा रहेर काम गरेको लगायतको विविधतायुक्त संगठनात्मक ज़िम्मेवारी अनेकौं अनुभव छन् । स्ववियू निर्वाचनका प्रत्यक्ष अनुभूतिहरु समेत हासिल गरेको छु। आज पनि विश्वविद्यालयको एउटा विद्यार्थीको रूपमा अध्ययनरत नै छु। आवद्धता एवं संग्लगनताको दृष्टिले झण्डै आजभन्दा २४ बर्ष अगाडी सानो उमेरबाट नै यो आन्दोलनमा समाहित भएँ। झण्डै १८ बर्ष अगाडी देखि विद्यार्थी आन्दोलनमा पूर्णकालीन सक्रियता बढाएँ । निष्ठा, विचार, संगठन र संघर्षलाई केन्द्रमा राख्ने र त्यसमा रमाउने कार्यशैली नै मेरो प्रवृति हो।
प्रतिकृया दिनुहोस

सम्बन्धित खवर