• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

कर्मकाण्डी नहोस, बाढीपीडितलाई क्षतिपुर्ति र राहत

कात्तिक शुरुमै देशभर झरी पर्यो । यो बेला अधिकांश स्थानमा धान भित्र्याउने मौसम हो । खासगरि, तराई क्षेत्रमा यहि बेला धान काट्ने बेला हुन्छ । पहाड र हिमाली क्षेत्रमा अलि ढिलो धान पाक्छ । तर, मध्य पहाड र तराई क्षेत्रमा धान भित्र्याउने माचो यहि बेला हुने गर्छ । तर, यहि मौसममा बेमौसमी झरी परेर किसानको बाली नोक्सान पुर्याइदिएको छ । धेरै स्थानमा धान कुहिएको छ । कति धान खेतमा अझै डुबिरहेको अबस्थामा छ । बाढीले सुदुरपश्चिम र सुदुरपुर्वका क्षेत्र ज्यादा प्रभावित बनाएको छ । सुदुरपश्चिममा ठुलो जनधनको क्षति भएको छ । सरकारले मृतक परिवारलाई दुई लाख दिने निर्णय गरेको छ । यो सकारात्मक सुचक हो । तर, यतिले मात्र पर्याप्त हुँदैन । सरकारले गर्नुपर्ने धेरै दायीत्व छन् । प्रधानमन्त्री शेरबहादुर देउवा सहित मन्त्रिमण्डलको टोलीले हालै बाढी प्रभावित क्षेत्रको अबलोकन गरेर फर्किसकेको छ । सरकारले पीडितहरुलाई भेटेर सान्त्वना त दिएको छ । अब यी बाचाहरु व्यबहारमा उतार्न खाँचो छ । दैवीप्रकोप भवितव्य रुपमा आइपर्छ । विश्वका धेरै स्थानमा मानिसहरु यस्ता प्राकृतिक विपत्तिको सामना गर्दे आएका छन् । हाम्रो देशमा बिभिन्न प्रकारका यस्ता विपत्तिहरु हरेक बर्ष आउने गर्छ । अतिबृष्टि, अनाबृष्टि, पहिरो, डुवान, आगलागी, चट्याङ, हिमपात, चिसो, गर्मी, भुकम्प आदि जस्ता प्राकृतिक विपत्तिहरु हाम्रा चुनौती हुन् । यस्ता प्राकृतिक विपत्ति रोक्न त सकिंदैन, तर यसबाट बंच्न सुरक्षित तरिका अपनाउन सकिन्छ । यस्ता बिषयमा सरकारले दिर्धकालीन योजनाहरु ल्याउन सक्नुपर्छ ।
अहिलेसम्म सरकारले ठुला योजनाहरु ल्याएर डुवान र पहिरो रोक्न कुनै पहल गर्न सकेको छैन । कतै पानीको अभावमा खडेरीग्रस्त भुभाग छन् भने कतै पानी पर्ने वित्तिकै डुवानको समस्या भोग्नु परेको अबस्था छ । यसको निराकरणका लागि सरकारले स्थानीय रुपमा अनुसन्धान गरेर बाँध निर्माणदेखि कुलो, नहरहरु बनाउने कामहरु ल्याउन जरुरी छ ।
हाम्रो देशको भु–सतह एकनासको छैन । हावापानी र बातावरणीय दृष्टिकोणले हामी विविधतामा छौं । यिनै विविधताका आधारमा सरकारले फरक–फरक कार्यक्रम ल्याउन सक्नुपर्छ । तराईमा लागु हुने कार्यक्रम हिमाली क्षेत्रमा व्यवहारिक हुँदैन । पहाडका योजनाले तराईलाई थेग्न सक्दैन । भुगोल र हावापानीका आधारमा त्यहाँको माटो सुहाउँदो कार्यक्रमहरु लागु गर्न सक्नुपर्छ । पहाडमा पहिरो रोक्न ल्याउने कार्यक्रम समथर भुभागमा निरर्थक हुन्छ । तराईमा हुने डुवान रोक्न बनाइएको योजना पहाडमा कार्यान्वयन असंभव हुन्छ । सरकारले यस्ता यावत बिषयमा गहिरो अनुशन्धान गरेर अहिलेसम्म कुनै कार्यक्रम ल्याउन सकेको छैन । जस्ले गर्दा, हरेक बर्ष हामीले प्राकृतिक विपत्ति सामना गर्नु परेको अबस्था छ । हालै भएको बर्षाले थन्क्याउने बेलाको धान नोक्सान पारिदिएको छ । कुन जिल्लामा कति नोक्सान पुग्यो, त्यसको लागत संकलन गरेर राहतका कार्यक्रम ल्याउन सक्नुपर्छ । तथ्यांकहरु तथ्यमा आधारित हुनुपर्छ । राहत वितरण भेदभावरहित हुनुपर्छ । यो बेला वास्तविक किसान मर्कामा परेका छन् । सरकारले राहत र क्षतिपुर्ति मात्र होइन, अब लगाउने बालीनालीमा अनुदान र मल, वीउ निशुल्क उपलब्ध गराउने तत्तपरता देखाउनुपर्छ । यसले किसानको मनोबल उच्च बनाउनेछ । यतिबेला किसानहरु निरास छन् । उनिहरुको मिहिनेत खेर गएको छ । यो मिहिनेतसंगै उनिहरुको मनोबल खस्किएको छ । आउने दिनहरुमा किसानहरुलाई उत्साहित बनाउन सरकारले अभिभावकीय भुमिका निर्वाह गर्न सक्नुपर्छ । जसरी, छोराछोरीलाई चाहिने सामान अभिभावकले पुरा गर्छन् र उनिहरुको जोश जांगर बढ्छ, त्यसरी नै सरकारले पीडित किसानहरुलाई कृषि कर्ममा लाग्ने खर्च उपलब्ध गराउन सक्नुपर्छ । अहिलेसम्म सरकारले ठुला योजनाहरु ल्याएर डुवान र पहिरो रोक्न कुनै पहल गर्न सकेको छैन । कतै पानीको अभावमा खडेरीग्रस्त भुभाग छन् भने कतै पानी पर्ने वित्तिकै डुवानको समस्या भोग्नु परेको अबस्था छ । यसको निराकरणका लागि सरकारले स्थानीय रुपमा अनुसन्धान गरेर बाँध निर्माणदेखि कुलो, नहरहरु बनाउने कामहरु ल्याउन जरुरी छ । सिचाँईका धेरै कामहरु अझै अलपत्र छन् । भुक्षय रोक्न गरिएका कार्यक्रमहरु कार्यान्वयन हुन सकेका छैनन् । यसतर्फ सरकारले बेलैमा बिचार पुर्याउन जरुरी छ । हरेक सरकारले घटना घटिसकेपछि मात्र अल्पकालीन कार्यक्रमहरु सार्बजनिक गर्ने गर्छन् । यसले कुनै समाधान दिन सकेको छैन । अब नेपालमा हुने प्राकृतिक विपत्ति रोक्न अल्पकालीन होइन, दिर्धकालीन योजनाहरु ल्याउन आबस्यक छ । सरकारले, यो बिषय गंभिरतापुर्वक अध्ययन गरेर कार्यक्रम ल्याओस । हालै बाढीपहिरो र डुवानबाट प्रभावित परिवारलाई तुरुन्त राहत, क्षतिपुर्ति र अनुदानका कार्यक्रम लागु गरोस् । कृषि प्रधान देशमै किसानहरु पीडित भएको पीडा सह्य हुन सक्दैन ।
प्रतिकृया दिनुहोस

सम्बन्धित खवर