• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

पहिरोले बाटो रोक्यो तर मुख्यमन्त्री शाही रोकिएनन् (भिडियाे)

सुर्खेत । सामान्यतया यात्राका क्रममा बाटो अवरुद्ध भएपछि यात्रुहरु के गर्लान ? अझ माननीय सम्माननीयहरुको प्रतिक्रिया कस्तो होला ? स्वभाविक छ, प्रहरीलाई खबर गर्ने, सानो तिनो पहिरो छ भने पन्छाउन लगाउने । सुरक्षा घेरा भित्र बस्ने आदि । 
तर कर्णाली प्रदेशबाट भर्खरै राजीनामा दिएका मुख्त्रमन्त्री महेन्द्रबहादुर शाहीको अवस्था भने त्यस्तो भएन ।

बर्षाका कारण अबरुद्ध भएको बाटो आफैले पन्छाउदै गरेको भिडियो क्लिप समचार दैनिकलाई प्राप्त भएको छ ।  

पूर्व मुख्यमन्त्री शाहीले कुनै रोडको सिलान्यास गरेको जस्तो देखिने भिडियोमा आफु र आफ्ना सहयोगीहरुसँगै पहिरो पन्छाएको देखिएको छ । 

 पहिरोका कारण अबरुद्ध भएको सडक भने कालिकोटको पिलि नजिकैको रहेको र त्यो सडकलाई खोल्नको लागि पूर्व मुख्यमन्त्री शाहीले आफैैंंले गैंती हानिरहेका छन् । उनी ठूलो ढुंगो फुटाउने गैंती चलाउने र फुटेका ढुंगा पन्छाएर सडकबाट वाडी पास गराउन सुरक्षाकर्मीसहितका सहयोगीहरुसँग लागिरहेका छन् । यो उनी मुख्यमन्त्री भएकै बेलाको घटना हो ।

पूर्वमुख्यमन्त्री शाहीले हातमा हतियार लिएर पन्छाउन सुरु गरेको शाहीका  पूर्व प्रमुख स्वकिय सचिव खेमबहादुर सिंङले समाचार दैनिकलाई जानकारी दिए । 

नेता, मन्त्री भन्ने वित्तिकै आम मानिसहरुको बुझाइ फरक तरिकाको हुन्छ । तर पूर्व मुख्यमन्त्री शाही नेपाल सरकारको फुल मन्त्री कर्णाली प्रदेश सरकारको पहिलो मुख्यमन्त्री भएर ३ बर्ष ८ महिनाको कार्यकाल पुरा गरिसकेको भए पनि अझै पनि सामान्य नागरिकको जीवन सैली विताउन सौकिन नेताको  रुपमा आफुले चिन्ने गरेको शाही डिभिजन कमाण्डर हुदाका उनका व्रिगेडियर सौगातले बताए । 

सामान्य नागरिकको जीवन सैलीमा रुचि राख्ने पूर्व मुख्यमन्त्री शाही आफ्नो लागि सामान्य पहिरोले पुरिएको बाटो पन्छाउनु पहाड, हिमाल छिचोलेर हिड्नु आफ्नो दैनिकी भएकोले यसलाई आफुले अनौठोको रुपमा नलिएको बताए । 

मुख्यमन्त्रीमा बहाल हुदा तपाइले पहिरो पन्छाउदै गरेको भिडियो समचार दैनिकलाई प्राप्त भएको थियो । यत्रो सहयोगीहरु साथमा हुदा हुदै पनि तपाइ नै पन्छाउन किन लाग्नु भयो ? भन्ने समचार दैनिकको प्रश्नमा पूर्व मुख्यमन्त्री शाहीले आफू काममा ठुलो सानो कोहि पनि हुदैन जसले गर्दा पनि केहि फरक नपर्ने भएकोले आफु लागेको बताए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर