• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

कर्णाली प्रदेशमा यी हुन् संभावित मन्त्रीहरु  


सुर्खेत । कर्णालीमा नव नियुक्त मुख्यमन्त्री जीवन बहादुर शाहीले पदभार समालेको एक साता वितिसक्दा मन्त्रीमण्डल विस्तार हुन सकेको छैन । तर यहिबीचमा नेकपा माओवादी केन्द्रको तर्फबाट केहि व्यक्तिको नाम चर्चामा आएको छ । 
यो भन्दा अगाडी दुइ पटक विस्तार भएको मन्त्रीमण्डलमा नेकपा (माओवादी केन्द्र)ले पार्टीको तर्फबाट समावेसी, सामानुपातिक सहितको सरकारमा सहभागिता जनाएकोले यो पटक पनि त्यसरी नै प्रतिनिधित्व हुने गरी सरकारमा सहभागी हुने आन्तरिक तयारी भैरहेको माओवादी केन्द्र स्रोतले जनाएको छ । 

अब विस्तार हुने मन्त्रीमण्डलमा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एबंम कर्णाली प्रदेश सभा सदस्य सुर्खेत निर्वाचन क्षेत्र नं. २ ख बाट निर्वाचित प्रदेशसभा सदस्य विन्दमान विष्ट र जाजरकोटकी समानुपातिक प्रदेशसभा सदस्य कृष्णा शाहको सम्भावना बलियो देखिएको छ ।  

निबर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिइसकेपछि विस्तार भएको मन्त्री मण्डलमा सुर्खेत निर्वाचन क्षेत्र नं.२ ख बाट निर्वाचित प्रदेश सभा सदस्य विष्टको नाम समावेश भए पनि अन्तिममा समाबेशी र समानुपातिक प्रतिनिधित्व मिलाउनुपर्ने भएकोले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्देशनमा अन्तिममा आफ्नो नाम मन्त्री मण्डलबाट फिर्ता लिएका विष्टले यो पटक नेपाली कांग्रेस नेतृत्वको सरकारमा भने नेता विष्टको नेतृत्व नेकपा (माओवादी केन्द्र) सरकारमा सहभागी हुने देखिन्छ । 

जाजरकोटबाट समानुपातिक कोटाबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य कृष्णा शाहको पनि यो पटकको मन्त्री मण्डलमा बलियो सम्भावना रहेको छ । नेकपा (माओवादी केन्द्र)बाट प्रतिनिधित्व गर्ने चार जना महिला प्रदेश सभा सदस्य मध्ये पुष्पा घर्ती विष्ट प्रदेशसभा उपसभामुख छन् भने पहिलो मन्त्री परिषद विस्तार र दोश्रो मन्त्री परिषद विस्तारमा विमला केसी र सीता कुमारी नेपाली मन्त्री भैसकेका छन् । त्यसैले पनि यो पटकको मन्त्री मण्डलमा महिला कोटाबाट शाहको सम्भावनालाई बलियो सम्भावनाको रुपमा हेरिएको छ । 

जाजरकोटबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य गणेश प्रसाद सिंह र कृष्णा शाहबीच यो भन्दा अगाडी संसदीय समिति विस्तारको बेला पनि सिंहले शाहलाई मन्त्रीको लागि जाजरकोटबाट समर्थन गरिसकेकाले जिल्लामा को मन्त्री हुने र को नहुने भन्ने विषयमा  कुनै विवाद नरहेको नाम नबताउने शर्तमा एक नेताले जानकारी दिए । 

नेकपा (माओवादी केन्द्र) ले पाउने अरु मन्त्रालयको विषयमा भने पार्टी भित्र छलफल गरेर सरकारमा को को सहभागी हुने भन्ने टुंगो लगाउने एक नेताले बताए । यी दुइ जनाको बारेमा भने पार्टी भित्र पनि निर्विरोध जस्तै भएको उनको भनाइ थियो । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर