• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

विश्वमै सबैभन्दा कम समयमा जन्मिने शिशु बने मिन्स

एजेन्सी ।  विश्वमै सबैभन्दा कम समयमा जन्मिने शिशु बनेका छन् अमेरिकाका एक बालक । कर्टिस मिन्स १९ सातामा जन्मिएका थिए । १६ महिनाअघि अलाबामाको एउटा अस्पतालमा जन्मिदा उनको तौल ४२० ग्राम मात्र थियो । छोटो समयमा जन्मिएका मिन्सको बाँच्ने सम्भावना १ प्रतिशतभन्दा न्यून थियो । उनी बाँच्लान भनेर आफ्नै बाबुआमालेसमेत  विश्वास लागेको थिएन ।


गिनिज वल्र्ड रेकर्डले उनलाई विश्वमै कम समयमा जन्मिने जीवित शिशुका रूपमा प्रमाणित गरेको छ । सामान्यतया मानिसको गर्भावस्थाको समय ४० साताको हुन्छ । तर, केही शिशु त्योभन्दा छिटो पनि जन्मिन्छन् ।

प्रसवपीडा भएपछि मिन्सकी आमा मिसेल बटलरलाई गत वर्षको ४ जुलाईमा अलाबामाको एउटा अस्पताल भर्ना गरिएको थियो । भोलिपल्ट उनले जुम्ल्याहा शिशु जन्माएकी थिइन् । अर्का शिशु सियसाको एक दिनपछि मृत्यु भयो भने मिन्सलाई आईसीयूमा राखेर उपचार गरिएको थियो ।  

तीनमहिनापछि मिन्सलाई भेन्टिलेटरबाट निकालिएको थियो । २७५ दिन लामो उपचारपछि यसै वर्षको अप्रिलमा उनी डिस्चार्ज भएका थिए । चिकित्सकहरुले ट्यूबमार्फत मिन्सलाई खान सिकाएका थिए । अहिले पनि उनलाई थप अक्सिजन आवश्यक पर्छ । त्यस्तै, ट्यूबको सहायतामा उनी खानेकुरा खान्छन् । उनको स्वास्थ्य राम्रो भएको चिकित्सकहरु बताउँछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर