• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार कोइरालालाई

दमौली । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले स्थापना गरेको क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार २०७८ वरिष्ठ गायिका हरिदेवी कोइरालालाई प्रदान गरिने भएको छ । मञ्चको शनिबार दमौलीमा सम्पन्न बैठकले सो निर्णय गरेको हो ।

कला, संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएवापत उहाँलाई उक्त पुरस्कार अर्पण गर्न लागिएको मञ्चका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए । उक्त पुरस्कारको राशि नगद रु २५ हजार छ ।

यसैगरी गीतल राष्ट्रिय पुरस्कार २०७७ बाट कवि प्रोल्लास सिन्धुलिया र २०७८ बाट गायक राज सिग्देललाई पुरस्कृत गर्ने निर्णय भएको छ । उक्त पुरस्कारको राशि रु सात हजार रहेको छ । यस्तै गीतल प्रतिभा पुरस्कार २०७७ बाट लोकगायक शङ्कर परियार र २०७८ बाट लोकगायिका आशा बिसीलाई पुरस्कृत गरिने अध्यक्ष अधिकारीले जानकारी दिए । उक्त पुरस्कारको राशि रु पाँच हजार रहेको छ ।

मञ्चले भाषा, साहित्य र कला संस्कृतिको क्षेत्रमा स्थानीय तथा राष्ट्रियस्तरमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

 प्रतिनिधि छनोट

नेकपा (एमाले)को चितवनमा हुने दशौँ महाधिवेशनका लागि तनहुँबाट प्रतिनिधि छनोट गरिएको छ । दुई निर्वाचन क्षेत्र रहेको तनहुँबाट शनिबार सर्वसम्मतरूपमा एमाले महाधिवेशन प्रतिनिधि छनोट भएको हो ।

क्षेत्र नं १ मा महिलातर्फबाट राष्ट्रियसभा सदस्यसमेत रहनुभएकी भगवती न्यौपाने, खुलातर्फ इन्द्रबहादुर कुँवर, हरिराज कँडेल, बाबुराम अधिकारी र कलावती ढकाल प्रतिनिधि छनोट भएका छन् । क्षेत्र नं २ मा महिलातर्फ सविता रसाइली र राधा महत, खुलातर्फ एमाले जिल्ला अध्यक्ष केदार सिग्देल, रामचन्द्र उपाध्याय, धर्मराज खनाल, श्रीप्रसाद श्रेष्ठ र विष्णुभक्त सिग्देल चयन भएको निर्वाचन अधिकृत शिवदत्त ढकालले जानकारी दिए  । दलिततर्फ बाबुराम सुनार महाधिवेशन छनोट  भएका छन् । महाधिवेशन प्रतिनिधिका लागि ४३ जनाको उम्मेदवारी परेको थियो ।
–––

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर