• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

चर्चित भारतीय लेखिका मन्नु भण्डारीको निधन

नयाँ दिल्ली । भारतकी चर्चित लेखिका मन्नु भण्डारीको सोमबार निधन भएको छ । 

लामो समयदेखि अस्वस्थ रहेकी भण्डारीको हरियाणास्थित नारायण अस्पताल, गुरुग्राममा उपचारका क्रममा निधन भएको हो ।  

उनकी छोरी रचना यादवले उनको निधनको पुष्टि गर्दै आफूले जीवनको अमूल्य चिज गुमाएको उल्लेख  गरेकी छन् । 

स्वर्गीय भण्डारीका आप्का बन्टी, महाभोज, यही सच है लगायतका थुप्रै कृतिहरू अत्यन्त चर्चित छन् ।

उनको जन्म सन् १९३१ को अप्रिल ३ मा भएको थियो । ९० वर्षको उमेरमा उहाँको निधन भएको हो । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर