• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

थप २ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा शुक्रबार थप २ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार ७ सय ७७ पिसिआर परिक्षणका क्रममा २ सय ७१ जना र १ हजार १ सय ९५ एन्टीजेन परिक्षणका क्रममा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १३ हजार ८ सय ५३ पुगेको छ । 

त्यस्तै कोरोनाका कारण थप ५ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ४ सय ९४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप ३ सय ६९ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ९९ हजार ५ सय ४५ जना निको भएका छन् । हाल नेपालमा ७ हजार ५ सय ३९ सक्रिय संक्रमित आइशोलेशन र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर