• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

खेलकुद मन्त्री गहतराजद्धारा नेपालगन्ज म्याराथनको उद्घाटन

नेपालगन्ज । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले नेपालगन्ज म्याराथनको उद्घाटन गरेका छन् । शुक्रबार बेलुका गृहजिल्ला पुगेका मन्त्री गहतराजले नेपालगन्ज म्याराथनको सातौं संस्करणको उद्घाटन गरेका हुन ।

म्याराथनको उद्घाटन गर्दै उनले झण्डा हल्लाएका थिए भने महानायक राजेश हमालले सिठ्ठि फुकेका थिए । म्याराथनको उद्घाटन गर्दै मन्त्री गहतराजले कोरोनालाई परास्त गर्दै खेल गतिविधिहरुलाई चलाएमान गराउनुपर्ने समय आएको बताए ।  


नेपालगन्ज म्याराथनले स्थानिय देखी खेल क्षेत्रका भेट्रानहरु समेतलाई सडकमा उतार्न सफल भएकोमा खुसी ब्यक्त गर्दै उनले नेपालगन्ज म्याराथनलाई स्थापित म्याराथनका रुपमा सुचिकृत गराउन पहल गर्ने बताए । “राष्ट्रका लागि खेल र स्वास्थ्यकालागि खेल” भन्ने मान्यतालाई आत्मसाथ गर्दै खेल क्षेत्रको विकासकालागि मन्त्रालयले नयाँ योजना तथा निति तय गरेको उनले बताए । 


म्याराथनमा सहभागी हुन नेपालगन्ज पुगेका महानायक राजेश हमालले नेपालगन्ज खेलकुदको शहर भएको बताए । विगतमा समेत विभिन्न प्रयोजनमा नेपालगन्ज पुगेपनि यस पटक विशेष समारोहमा सहभागी हुन आएको भन्दै हमालले खुसी ब्यक्त गरे । स्वास्थ्यसँग सम्बन्धित नेपालगन्ज म्याराथनलाई अन्तराष्ट्रिय स्तरमै स्थापित गराउनुपर्नेमा हमालले जोड दिए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर