• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

फेसबुकले लाइभ अडियो रुम गर्ने प्रयोगकर्तालाई ६० लाख दिने

काठमाडौं । फेसबुकको लाइभ अडियो रुम गर्ने प्रयोगकर्ताले ५० हजार डलर (करिब ६० लाख रूपैयाँ) सम्म आम्दानी गर्न सक्ने भएका छन् ।
हालै द इन्फर्मेशनले बाहिर ल्याएको एक रिपोर्टअनुसार मेटाले प्रयोगककर्तालाई कुल एक अर्ब डलर प्रदान गर्ने भएको हो ,  । 

पछिल्लो समय क्लबहाउसले बजार लिइरहेको सन्दर्भमा फेसबुकले आफ्नो अडियो रुम प्रयोगकर्तालाई लक्षित गर्दै यो योजना ल्याउन लागेको हो ।

यो योजनाबाट एक क्रिएटरले १० हजारदेखि ५० हजारसम्म डलरसम्म कमाउन सक्नेछन् । यसका लागि क्रिएटरले कम्तिमा आधा घण्टाका चारदेखि छ वटा सेसन होस्ट गर्नुपर्ने हुन्छ ।

फेसबुकले गत असारमा मात्रै लाइभ अडियो रूम र पोडकास्ट सेवा सुरु गरेको थियो । साथै मेटाकै फोटो शेयरिङ एप इन्स्टाग्रामले पनि रिल पोस्ट गर्ने क्रिएटरलाई ३५ हजार डलरसम्म दिने भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर