‘गाउँ आएको बाटो’बाट दशकपछि फिल्ममा फर्किंदै नवीन सुब्बा

काठमाडौं । निर्देशकका नवीन सुब्बाले नयाँ फिल्म ‘गाउँ आएको बाटो’ निर्देशन गर्ने भएका छन्।चर्चित फिल्म ‘नुमाफुङ’का निर्देशक सुब्बाले १० वर्षपछि फिल्म निर्देशनमा फर्कन लागेका हुन्। 

फिल्ममा दयाहाङ राई, पशुपति राई, खानुमा राई, केशव राई, प्रमिशा राई, प्रेम सुब्बा लगायतका कलाकारहरूको मुख्य भूमिका रहनेछ। 

फिल्मको स्क्रिप्ट महेश राई र नवीन सुब्बाको रहेको छ भने मुख्य निर्मातामा अमोद राई रहेका छन्। त्यस्तै, कार्यकारी निर्मातामा नेपालबाट सञ्जु राई, हङकङबाट देवराज राई, युकेबाट नरहाङ राई र अमेरिकाबाट भीम राई रहेका छन्। हङकङ, मकाउ, नेपाल, युके, अमेरिका, बेल्जियम, साउथ कोरिया, नेदरल्यान्ड, पोर्चुगल र जर्मनी निवासी व्यक्तिहरु चलचित्रको सह–निर्मातामा रहेकाछन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर