• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

राप्रपा अध्यक्षमा लिङ्देन र महामन्त्रीमा राणाको उम्मेदवारी (भिडियाे)

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता राजेन्द्र लिङ्देनले पार्टीको आसन्न एकता महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा  गरेका छन् । 

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उहाँले आम नागरिकको भावनालाई प्रतिविम्बित हुनेगरी राजनीतिक गतिविधि सञ्चालन गरी पार्टीलाई वैकल्पिक शक्तिका रुपमा स्थापित गराउन आफूले अध्यक्षमा उम्मेदवारी दिन लागेको जानकारी दिए । 

सांसद रहनुभएका नेता लिङ्देनले पार्टीले अवलम्बन गरेको वैचारिक दृष्टिकोणमा नेतृत्व संवेदनशील नभएको आरोप समेत लगाए । 

सोही कार्यक्रममा अर्का नेता धवलशम्शेर राणाले उक्त महाधिवेशनमा आफूले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्दै मुलुकमा सुशासन र समृद्धि कायम गर्न अब युवा पुस्ता राजनीतिक दलका साथै सरकारको नेतृत्वमा आउन जरुरी रहेको बताए ।  

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुखसमेत रहनुभएका उहाँले पुरानो पुस्ताले नेतृत्व छोड्न नचाहेका कारण युवा सक्षम र क्षमतावान भएर पनि समकालीन राजनीतिको नेतृत्वमा आउन नसकेको विचार व्यक्त गरे । यही मङ्सिर १५ देखि १७ गतेसम्म काठमाडौँमा राप्रपाको अधिवेशन हुँदैछ । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर