सलमान खानको परिवार भित्र विवाह गर्दै छिन् सोनाक्षी सिन्हा ! 

काठमाडौं । पछिल्लो समय बलिउडमा सेलिब्रेटीहरुको विवाहको खबर गसिप बनेको छ । हालसालै अभिनेत्री सोनाक्षी सिन्हा विवाह बन्धनमा बाधिने खबर सार्वजनिक भएको छ । सोनाक्षीले यस विषयमा केही नबोले पनि चर्चा भने निकै चलेको छ । 

भारतीय मिडियाले जनाए अनुसार सोनाक्षी म्यानेजर बन्टी  सचदेवासँग रिलेशनसिपमा छिन् । उनी बन्टीसँग नै विवाह गर्ने तयारीमा छिन् । 

बन्टी र सोनाक्षी एक मिल्ने साथी हुन् । उनीहरु प्राय हरेक कार्यक्रममा सँगै उपस्थित हुने गरेका छन् । बन्टी सलमान खानको भाई सोहीलको श्रीमतिको भई हुन् । बन्टीको नाम सोनाक्षीसँग मात्र होइन् यस भन्दा अगाडी दिया मिर्जा,नेहा धुपिया,सुष्मिता सेन लगायत अभिनेत्रीसँग पनि जोडिएको थियो । 

बन्टी एक पीआर एजेन्सी ‘कोर्नर स्टोन’ का मालिक हुन् छ । उनको पहिले पनि एक विवाह भइसकेको छ । सम्बन्ध विच्छेदपछि उनी एक्लै छन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर