फिल्म ‘हजार जुनिसम्म’ युट्युबमा सार्वजनिक

काठमाडौं  ।  विकासराज आचार्यको निर्देशनमा बनेको फिल्म ‘हजार जुनिसम्म’ युट्युबमा सार्वजनिक भएको छ । 

अभिनेता आर्यन सिग्देल र स्वस्तिमा खड्काको मूख्य अभिनय रहेको यस फिल्म आइतबार साझँ युट्युबमा सार्वजनिक भएको हो । कविता रेग्मी कार्यकारी निर्माता रहेको यस फिल्ममा विशाल चाम्लिङको लगानी रहेको छ ।

फिल्म पूर्ण रुपमा पारिवारिक र प्रेम कथामा निर्माण भएको छ । फिल्ममा आर्यन र स्वस्तिमासहित संचिता लुईंटेल, शिवहरी पौड्याल, प्रियंका कार्की, सलोन बस्नेत, अखिलेस प्रधान, अनुभव रेग्मी लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर