• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

म्याग्दीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु

काठमाडौं । म्याग्दीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । चार जना घाइते भएका छन् । 

सोमबार साँझ भएको उक्त दुर्घटनामा मृत्यु हुनेमा ३० वर्षीया गोमाया विक, ३५ वर्षीय दुतबहादुर थापा, ३० वर्षीय खिम पुन र ४५ वर्षीय खिमानाथ शर्मा रहेका जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । 


बेनीबाट बेगको सिमतर्फ जाँदै गरेको ग १ ज ७२५१ नम्बरको जिप सोमबार साँझ औंलामा सडकबाट करिब तीन सय मिटर तल खोल्सामा खस्दा उक्त दुर्घटना भएको थियो । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर