कांग्रेस महाधिवेशन : बागलुङमा सभापतिमा शेरचन विजयी

गलकोट । नेपाली कांग्रेस बागलुङको सभापतिमा जीतबहादुर शेरचन विजयी  भएका छन् । कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत जिल्ला सभापतिका लागि आइतबार मतदान भएको थियो । 

केहीबेर अघि सार्वजनिक मत परिणामअनुसार शेरचन ८१८ मत ल्याएर विजयी  भएक छन् । उनका निकटतम प्रतिद्वन्द्वी जगदीशचन्द्र उपाध्यायले ७२४ मत ल्याएको प्रमुख निर्वाचन अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए। शनिबार भएको मतदानमा तीन उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि अर्का प्रत्यासी द्रोर्ण कँवर निर्वाचनबाट बाहिरिएका थिए । । त्यसपछि शेरचन र उपाध्यायबीच पुनः प्रतिस्पर्धा भएको हो । 

यस्तै जिल्ला उपसभापतिमा सागर छन्त्याल र तारानाथ पौडेल विजयी  भएका छन् । छन्त्यालले ७८७ र पौडेलले ७४७ मत प्राप्त  गरे । सचिवमा हरिहर शर्मा र गण्डकी थापा अधिकारी निर्वाचित हुनुभएको छ । शर्माले ९०८ र अधिकारीले ७०७ मत प्राप्त  गरे । सहसचिवमा फमबहादुर खत्री र ज्ञानकुमारी शर्मा श्रीष विजयी  भए । खत्रीले ८५५ र श्रीषले ८८० मत प्राप्त ग गरे । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर