• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

ट्विटरका सहसंस्थापक डोर्सेले दिए राजीनामा

काठमाडौं । ट्विटरका सहसंस्थापक तथा सिइओ ज्याक डोर्सेले राजीनामा दिएका छन्।

उनले सोमबार आफ्नो टिमलाई इमेल पठाएर ट्विटरको सिइओबाट राजीनामा दिएको घोषणा गरेका हुन्। आफ्ना सहकर्मीहरूलाई पठाएको इमेल उनले ट्विटसमेत गरेका छन्।

उनले लेखेका छन्, ’यो कुरा कसैले सुनेको छ÷छैन यकिन भएन, मैले ट्विटरबाट राजीनामा दिएँ।’ सोह्र वर्षपछि अब आफूले ट्विटर छाड्ने समय आएको उनले आफ्नो इमेलमा उल्लेख गरेका छन्।

ज्याकको राजीनामापछि ट्विटरका सिइओ पराग अग्रवाल नियुक्त भएका छन्। भारतीय मूलका अग्रवालले सोमबारदेखि सिइओको जिम्मेवारी सम्हालेका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर