सुनिल सेट्टीका छोरा अहानकाे डेब्यु फिल्म ‘तडप’ को दोस्रो ट्रेलर सार्वजनिक 

काठमाडौं । बलिउड अभिनेता सुनिल सेट्टीका छोरा अहान सेट्टीको डेब्यु फिल्म ‘तडप’ को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । यो चलचित्र साउथको सुपरहिट फिल्म ‘आरएक्स १००’को रिमेक हो ।

फिल्ममा अहानका साथमा तारा सुतारियाको मुख्य भूमिका रहेको छ । यसअघि नै ‘तडप’का चार गीत भने रिलिज भइसकेका छन् ।


ट्रेलरमा अहान एक्सन अवतारमा देखिएका छन् । एक्सनका लागि उनले निक्कै मिहिनेत गरेको देखिन्छ । तारा उनकी प्रेमिकाको भूमिकामा छिन् ।

फक्स स्टार स्टुडियोको प्रस्तुतिमा यो फिल्मलाई साजिद नाडियाडवालाले निर्माण गरेका हुन् । ‘तडप’लाई मिलन लुथरियाले निर्देशन गरेका छन् । यो फिल्म डिसेम्बर ३ बाट सिनेमा हलमा प्रदर्शन हुनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर