धुर्मुस र सुन्तली अभिनित ‘मायाले जीवन सजाउ’ गीत सार्वजनिक

काठमाडौं ।  हास्य अभिनेता तथा सामाजिक अभियान्ता सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)अभिनिति नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।‘मायाले जीवन सजाउ’ बोलको गीतमा धुर्मुस–सुन्तलीलार्य रोमान्टिक शैलीमा प्रस्तुत गरिएको छ ।

यो गीतमा धुर्मुसकै भाई अर्थात लोकप्रिय हास्य कलाकार कुमार कट्टेल (जिग्री) र अस्मिता अधिकारीको यूगल स्वर छ ।अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतको भिडियो रामजी लामिछानेले निर्देशन गरेका हुन् ।

बाराही जंगल लज, चितवनमा छायांकन गरिएको भिडियो सुबिहानी फिल्म्सले निर्माण गरेको हो ।राजेन्द्र मोक्तानको रंग संयोजन तथा बन्दे प्रसादको सम्पादन रहेको गीतको भिडियो धुर्मुस सुन्तली युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर