मन्त्री आलेको जनपक्षीय कामः रिङरोडदेखि विमानस्थल सम्म निशुल्क सटल बस सेवा

काठमाडौं । संस्कृती पर्यटन तथा नागरिक उड्यान मन्त्री प्रेम आलेले मन्त्रालय सम्हालेपछि अर्को जनपक्षीय काम गरेका छन् । विमानस्थलभित्र सञ्चालन हुने ट्याक्सीहरुको मनोमानी र गठी रोक्न मन्त्री आलेले बिमानस्थलको आन्तरिक टर्मिनलभित्रै यत्रुवाहक बस सवा सुरु गरेको हो । मन्त्री आलेले आज उक्त सेवाको शुभारम्भ गरेका हुन् ।

सेवा शुभारम्भ गर्दै मन्त्री आले स्वयम् यात्रुवाहक माइक्रोबसमा कोचिएर यात्रा गरेका थिए । रिवन काटेर सेवाको उद्घाटना गरेका मन्त्री प्रेम आले यात्रुले भरिएको माइक्रो बसमा बसेर विमानस्थलको गोल्डेन गेटसम्मको यात्रा गरेका हुन् ।

विमानस्थलको आन्तरिक हवाइ सेवाका यात्रुलाई विमानस्थलबाट निःशुल्क बस सेवा सुरु गरिएको हो ।

निशुल्क बस सेवासँगै विमानस्थलमा यात्रुको विश्रामस्थलको पनि व्यवस्था गरिएको छ ।

विमानस्थलभित्र ट्याक्सीले चर्को शुल्क असुलेर यात्रुलाई दुःख दिएपछि नागरिक उड्ययन प्राधिकरणले निःशुल्क बस सेवा सञ्चालन गरेको हो ।

निशुल्क बस सेवासँगै विमानस्थलमा यात्रुको विश्रामस्थलको पनि व्यवस्था गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर