• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत प्राप्त गरेका छन् । मुख्यमन्त्री शाहीले विश्वासको मत पाउँ भनी मंगलबार प्रदेश सभामा प्रस्ताव पेस गरेका थिए । आज बसेको प्रदेश सभा बैठकमा उनको पक्षमा २२ मत परेको सभामुख राजबहादुर शाहीले घाेषणा गरेका हुन् । 

सधै प्रतिपक्षीको रूपमा  टथस्त बस्दै आएको राप्रपाले पनि मुख्यमन्त्री शाहीलाइ यो पटक विश्वासको दिएको छ ।  एमालेकाे महाधिवेशनका कारण जिल्ला बाहिर रहेका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद अनुपस्थित भएपछि विपक्षमा भने मत नै परेन् ।

प्रदेश सभामा सभामुखसहित ३५ जना सांसद छन् । तर बुधबारको बैठकमा सहभागी २२ जना मध्य पक्षमा २२ जनाले नै मतदान गरेका छन् । मुख्यमन्त्री शाहीलाई कांग्रेसका पाँच, माओवादीका १२, समाजवादीका तीन र राप्रपका एक जना सांसदले मत दिएका हुन् ।

गएको कार्तिक १६ गते मुख्यमन्त्री नियुक्त भएका शाहीले १ महिनाभित्र विश्वासको मत लिनैपर्ने प्रावधान अनुसार मत मागेका थिए । तत्कालिन प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले शाहीलाई संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । मुख्यमन्त्री शाही कांग्रेस, माओवादी केन्द्र, र नेकपा एकीकृत समाजवादी पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका थिए । कर्णाली प्रदेश सभामा एमालेका सभामुखसहित १३, माओवादीका १२, नेपाली काँग्रेसका ६, समाजवादीका तीन र राप्रपका एक जना सांसद छन्

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर