• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

राप्रपाको अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देन प्यानलले गर्‍यो उम्मेदवारी दर्ता

काठमाडौं । राप्रपाको अध्यक्ष पदमा कमल थापा र राजेन्द्र लिङ्देनले दलबलसहित उम्मेदवारी दर्ता गरेका छन् । भृकुटीमण्डपमा जारी महाधिवेशनमा अध्यक्ष पदमा दुई जनाले उम्मेदवारी दर्ता गरेका हुन् । यस्तै थापालाई अध्यक्षद्वय पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनी समूहले साथ दिएको छ । 

थापाको प्यानलबाट उपाध्यक्षमा विक्रम पाण्डे, वुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र रोशन कार्की, महामन्त्रीमा भास्कर भद्रा, भुवन पाठक र कुन्तिकुमारी शाहीले उम्मेदवारी दिएका छन् । यस्तै, लिङ्देन प्यानलबाट उपाध्यक्षमा विक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठ, महामन्त्रीमा डा. धवलशम्शेर राणा, श्याम तिमिल्सिना, रेखा थापाले उम्मेदवारी दिएका छन् ।

राप्रपाको उपाध्यक्ष पदमा भने दुवै अध्यक्षका प्रत्यासीले विक्रम पाण्डेलाई राखेका छन् । उनीहरु दुवैले पाण्डेसँग सल्लाह गरेर नै उपाध्यक्षमा नाम राखेको दाबी पनि गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर