• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

इंग्लिस प्रिमियर लिग : लिभरपुल शीर्ष स्थानमा

काठमाडौं ।  इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले साँघुरो जित निकालेको छ ।शनिबार राति भएको खेलमा लिभरपुलले उल्भ्सलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

उल्भ्सको मैदानमा लिभरपुललाई जित दिलाउन डिभोक ओरिगीले निर्णायक गोल गरे।ओरिगीले खेलको इन्जुरी समयमा निर्णायक गोल गरेका हुन् । उनले मोहमद सलाहको पासलाई सदुपयोग गरे ।


यस जितसँगै लिभरपुल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।लिभरपुलले १५ खेलमा ३४ अंक जोडेको छ ।

उल्भ्स २१ अंक जोडेर आठौं स्थानमा रहेको छ ।प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा न्युकासलले बर्नलीलाई १–० ले नै हराएको छ । त्यस्तै साउथह्याम्पटनले ब्राइटनसँग १–१ गोलको बराबरी खेलको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर