• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

 म्यानचेस्टर शीर्षस्थानमा उक्लियो

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी शीर्षस्थानमा उक्लिएको छ । गएराति भएको खेलमा वाट्फोर्डलाई ३–१ गोल अन्तरले पराजित गर्दै सिटी  शीर्षस्थानमा उक्लिएको हो ।

सिटीलाई सहज जित दिलाउनको लागि बर्नाडो सिल्भाले दुई गरे भने रहिम स्टर्लिङले एक गोल थपे । घरेलु टोलीका जुआन हर्नान्डेजले एक गोल फर्काए ।

खेलको चौथो मिनेटमै सिटीले अग्रता लिएको थियो । फिल फोडेनको पासामा स्टर्लिङले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ३१औं मिनेटमा बर्नाडो सिल्भाले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए ।

६३औं मिनेटमा सिल्भा गोल गर्दै सिटीलाई ३–० को अग्रता दिलाए । ७४औं मिनेटमा जुआन हर्नान्डेजले गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए । त्यसपछि दुवै टोलीबाट गोल हुन नसक्दा खेल सिटीले जित्यो ।

जितसँगै सिटी १५ खेलबाट ३५ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको लिभरपुलको ३४ अंक छ । पराजित वाट्फोर्ड १३ अंकसिहत १५औं स्थानमा छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर