• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

‘म हिंसा गर्दिनँ, गर्न दिन्न ’

भक्तपुर । लैङ्गिक हिंसा अन्त्यका लागि युर्वाले अग्रसरता जनाउने प्रतिबद्धता जनाएका छन् । युवाका साथसाथ आवाज नेपालको शनिबार सम्पन्न पाँचौँ साधारणसभा तथा १६ दिने लैङ्गिक हिंसाका अन्त्यमा युवाको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रममा सहभागी १०० भन्दा बढी युवाले आ–आफ्नो घर र समाजबाट लैङ्गिक हिंसा अन्त्यका लागि अग्रसरता लिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य शशिजङ्ग थापाले हिंसा रोक्न ‘म हिंसा गर्दिनँ, गर्न दिन्न र गरेको देखेँ भने प्रतिकार गर्छु’ भन्ने सङ्कल्प सबैबाट आउनुपर्ने बताए । कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुँवरले सबै प्रकारका हिंसा अन्त्यका लागि सबै लाग्नुपर्ने औँल्याए ।

नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष जगत् प्रजापति, गैरसरकारी संस्था महासङ्घका सचिव रमेश गिरीलगायतले हिंसा रोक्न युवा वर्गले घरघरबाट अभियान सुरुआत गर्नुपर्ने औँल्याए । संस्थाका अध्यक्ष देवेन्द्र आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका सचिव श्रीकृष्ण थापाले संस्थाको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष आश्मा बस्नेतले आर्थिक प्रतिवेदन प्रस्तुत  गरेका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर