कांग्रेस प्रदेश सुदूरपश्चिममा वीरबहादुर बलायर विजयी

कामठाडौं । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा संस्थापन पक्षका बिरबहादुर बलायर विजयी भएका छन् । त्यस्तै उपसभापतिमा सोही प्यानलका जनकराज चौधरी र लोकराज अवस्थी, महामन्त्रीमा नरनारायण शाह र मेघराज खड्का, सह–महामन्त्रीमा गोपालदत्त भट्ट, चिन्तामणि भट्ट र अम्बिका कुमारी चलाउने पनि विजयी भएका छन् ।

शनिबार भएको निर्वाचनमा जम्मा खसेको १ हजार ३ मतमध्ये प्रदेश सभापतिका लागि बलायरले ६८८ मत प्राप्त गरे। सभापतिका अर्काे उम्मेदवार पौडेल पक्षका मिश्रले २ सय ८० मत मात्रै प्राप्त गर्दै पराजित भए।

उपसभापतिमा देउवा पक्षकै बलायर प्यानलबाट जनकराज चौधरी ६१० र लोकराज अवस्थीले ५३३ मत प्राप्त गरेर विजयी भएका हुन्।पौडेल पक्षका गौपालसिंह गुरूङले २८१ र मान बहादुर रावलले २६३ मत प्राप्त गरेर पराजित भए।

यस्तै, उपसभापतिकै अर्काे उम्मेदवार हिमबहादुर रावल पनि १२१ मत प्राप्त गरेर पराजित भएका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर