कांग्रेस बागमती प्रदेश सभापति पदमा  बानियाँ र केसी प्रतिपर्धा

बागमती । नेपाली कांग्रेस बागमती प्रदेश सभापति पदमा देउवा पक्षका उम्मेदवार इन्द्रबहादुर बानियाँलाई भीमसेनदास प्रधानले समर्थन गरेका छन् । पहिलो चरणमा सभापतिका उम्मेदवार प्रधानले १९७ मत ल्याएका थिए । तेस्रो स्थानमा मत ल्याएका प्रधानले अब बानियाँलाई समर्थन गर्ने बताएका छन्।

बानियाँले ९९२ मतसहित पहिलो मत ल्याएका थिए भने जगदीश्वरनरसिंह केसीले दोस्रो मत ल्याएका थिए। कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि आज फेरि मतदान हुने भएको छ । अब बानियाँ र केसीबीच प्रतिपर्धा हुन लागेको हो। केसीले ८७२ मत ल्याएका थिए । शनिबार गरिएको मतगणनामा कसैले पनि ५१ प्रतिशत मत ल्याएका थिएनन्।

 पौडेल पक्षका उम्मेदवार केसी र सभापति देउवा पक्षबाट बानियाँबीच आजै मतदान हुने तयारी छ। सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार बानियाँलाई पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षका उम्मेदवार प्रधानले समर्थन गरेका छन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर