• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

आइतबार थप २०५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा आइतबार थप २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार ९ सय ९५ पिसिआर परिक्षणका क्रममा २ सय र २ हजार ७ सय ९५ एन्टीजेन परिक्षणका क्रममा ५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १८ हजार १ सय ८४ पुगेको छ । 

त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ५ सय ४१ जनाले ज्यान गुमाएका छन् । त्यस्तै थप ४ सय ३६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख ४ हजार ५ सय ४४ जना निको भएका छन् । हाल नेपालमा ६ हजार ५ सय ७ जना सक्रिय संक्रमित आइशोलेशन र ९७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर