गायिका प्रिया भण्डारी वैवाहिक जीवनमा बाँधिइन् 

 काठमाडौं । गायिका प्रिया भण्डारी वैवाहिक जीवनमा बाँधिएकी छन् । आइतबार उनले अमेरिका बस्दै आएका पाल्पा तानसेनका प्रभात अधिकारीसँग विवाह गरेकी हुन् ।

गुल्मीमा जन्मिएर बुटवलमा बसेर अध्ययनसँगै सांगीतिक यात्रालाई अगाडि बढाइरहेकी प्रियाको विवाह बुटवलको जोगीकुटीस्थित एक पार्टी प्यालेसबाट भएको हो ।

एमालेको चुनावी गीत ‘सैं पनि एमाले, मै पनि एमाले’मा बद्री पंगेनीसँग स्वर दिएपछि प्रिया चर्चामा आएकी थिइन् ।  केही दिनअघि मात्रै सार्वजनिक भएको वैकुण्ठ महतको ‘हाम्रो नेपालमा राम्रो एमाले’ बोलको गीतमा पनि प्रियाले स्वर दिएकी छन् 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर