• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

यस्तो देखियो फोटोमा (माओवादी केन्द्र) कर्णाली प्रदेशको प्रथम सम्मेलन 

सुर्खेत । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशको प्रथम सम्मेलन कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको सिटी हलमा शनिवार देखि सुरु भएको छ । 

दुई दिन सम्म चल्ने सम्मेलनले नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशको नयाँ नेतृत्व चयन गरेर  आइतवार सम्म समापन हुने कार्यक्रम रहेको सम्मेलन आयोजक समितिले जनाएको छ । 

सम्मलेनमा कर्णाली प्रदेशका दश वटै जिल्लाबाट प्रतिनिति पर्यबेक्षक ११८२ जनाको सहभागिता रहेको नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशका सचिव रामदिप आर्चायले जानकारी दिए । 

एक पद एक व्याक्तिको अबधारणा लिएको नेकपा (माओवादी केन्द्र)ले प्रदेश अध्यक्ष सहित पदाधिकारी टिममा पुरानोलाई निरन्तरता दिने कि सम्मेलनबाट सबै टिम नयाँ ल्याउने भन्ने विषय बहसमा रहे पनि अहिले सम्म कुनै पनि कुरा बाहिर आउन सकेको छैन । 

यस्तो देखियो फोटोमा नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशको प्रथम सम्मेलन:


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर